राप्रपाले राजा फर्काउन गरेको होहल्लाको उद्देश्य पूर्वपञ्चहरूको एउटै पार्टी बनाउनु – गोकुल बाँस्कोटा

284 Shares

काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राप्रपाले राजा फर्काउने भनेर गरेको होहल्ला पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने भएको बताएका छन्।

राप्रपासहितका राजावादीहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा बसाउने भन्दै आन्दोलन गरिरहेका छन्। उनीहरुले उद्देश्य राजा फर्काउनु नभइ पूर्वपञ्चको एउटै पार्टी बनाउनु भएको बास्कोटाको टिप्पणी छ।

नेता बाँस्कोटाले लेखेका छन्, ‘राप्रपाहरुले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपञ्चहरुको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो। अरु त आकाशको जूनतारा खसाल्ने सपना

सम्बन्धित समाचार

सबै