राष्ट्रियसभाको बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

200 Shares

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको सत्रौँ अधिवेशनको १६ औँ बैठक आज अपराह्न १२ः१५ बजे बस्ने भएको छ ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकहरू माथि छलफलको प्रस्ताव पेश गर्नेछन् । ती विधेयकहरूमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ समावेश छन् ।

सम्बन्धित समाचार

सबै