कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, यी एजेण्डामा छलफल हुने

37 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

यही चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि कार्यसम्पादन समिति बैठक तय गरेको थियो ।

बैठकमा गणतन्त्रविरुद्ध पूर्वराजालाई अघि सारेर भएका प्रदर्शन, गणतन्त्रवादीको भूमिकासहितका समसामयिक एजेण्डा हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा पार्टीको पेसागत तथा बुद्धिजीवि विभागले बुझाएको प्रतिवेदनपछि उठेका प्रश्नका विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

सबै