ऊर्जामन्त्रीप्रति प्रचण्डको कटाक्ष: ‘जो बढी भ्रष्टाचारी, उही मन्त्री’

234 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मन्त्री छनोटप्रति कडा आलोचना गरेका छन्। शनिबार (आज) चितवनमा आयोजित तराई–मधेश जागरण अभियान कार्यक्रममा उनले ‘जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री बनाइएको छ’ भन्ने टिप्पणी गरेका हुन्।

प्रचण्डले भने, ‘अहिले त के भएको छ भने जो बढी भ्रष्टाचारी छ, उसैलाई ऊर्जामन्त्री दिइएको छ। अनि राम्रो काम गर्नेलाई सताइएको छ।’

उनले अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकर्फ जानुपर्ने बताए। ‘राष्ट्रपतिले विज्ञलाई मन्त्री बनाउनुपर्छ। त्यसपछि विश्वविद्यालयका अनुभवी शिक्षकहरू र मजदुर आन्दोलनका अनुभवी नेताहरू मन्त्री बन्न सक्छन्। अहिले त जो बढी भ्रष्टाचारी छ, उही मन्त्री बन्ने स्थिति छ।’

हाल नेपाली कांग्रेसका नेता दीपक खड्का ऊर्जामन्त्री छन्। उनी र माओवादीले विद्युत प्राधिकरणमा नियुक्त गरेको कार्यकारी निर्देशक कुलमान घिसिङबीचको विवाद सतहमा आएको छ। यही पृष्ठभूमिमा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

सम्बन्धित समाचार

सबै