लेखा समितिमा परेका उजुरीको छानविन गर्न कार्यदल

244 Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले विभिन्न उजुरी छानबिन गर्न ४८ वटा उपसमिति गठन गरेको छ। शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले १५ दिनभित्र ४८ वटा उजुरीको छानबिन गरी निष्कर्षमा पुर्‍याउने निर्णय गरेको हो।

बैठकले टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरीका लागि मनिष झा नेतृत्वमा उपसमिति गठन गरेको छ। यसका सदस्यमा अच्युत मैनाली र अर्जुननरसिंह केसी रहेका छन्। अर्थ मन्त्रालय, गैरकानुनी बीमा, मोबाइल बैंकिङ र एमसीसीसम्बन्धी उजुरीको छानबिनका लागि गोकुल बाँस्कोटाको नेतृत्वमा अर्को उपसमिति गठन गरिएको छ।

त्यस्तै, संस्कृति, पर्यटन र परराष्ट्र मन्त्रालयसम्बन्धी उजुरीको छानबिन गर्न लेखनाथ दाहालको नेतृत्वमा उपसमिति गठन गरिएको छ। अन्य मन्त्रालय र विभागका विभिन्न उजुरीहरूको छानबिनका लागि विभिन्न उपसमितिहरू गठन भएका छन्। समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा अध्ययन गर्न १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

सम्बन्धित समाचार

सबै