प्रचण्डको आरोप : ‘ओली सरकार भ्रष्टाचारी जोगाउन बनेको हो’

224 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।

शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाए। उनले सरकार राम्रो काम गर्नेहरूलाई सताउने र बेथिति बढाउने दिशामा लागेको दाबी गरे।

‘ओली सरकारले भ्रष्टाचारीलाई जोगाउने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नीति अपनाएको छ,’ उनले भने, ‘लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनु पर्ने हो, तर त्यसो भएको छैन। प्रधानमन्त्रीले भ्रष्टाचारीलाई जोगाउन पूरा शक्ति लगाएका छन्।’

उनले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको भन्दै जनताको साथमै रहने बताए। सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक नीति नअपनाउने भन्दै माओवादीले सधैं भ्रष्टाचारविरुद्ध संघर्ष गरिरहेको उनले दाबी गरे।

सम्बन्धित समाचार

सबै