प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच भेट, द्विपक्षीय सहकार्यमा छलफल

64 Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

बालुवाटारमा भएको भेटमा नेपाल–माल्दोभा सम्बन्ध, जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सहकार्य विस्तारबारे छलफल भएको थियो । दुबै पक्ष यी क्षेत्रमा सहकार्य गर्न सकारात्मक रहेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आयोजना गर्ने ‘सगरमाथा संवाद’ कार्यक्रममा माल्दोभाको सहभागिता आग्रह गरेका छन् । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत उपस्थित थिए ।

सम्बन्धित समाचार

सबै