स्ववियु निर्वाचनमा क्रान्तिकारीको लहर उत्साहप्रद: अध्यक्ष प्रचण्ड

216 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका छन् ।

आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै उनले कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको पुष्टि भएको उल्लेख गरेका छन् ।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ,’ उनले लेखेका छन्, ‘देशभर प्राप्त नतिजाले हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ । विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित समाचार

सबै