प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, आर्थिक विधेयकमाथि छलफल

183 Shares

काठमाडौं । प्रतिनिधि सभाको आज (बिहीबार) बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकका लागि सांसदहरूले पहिल्यै प्रश्न पेश गरिसकेका छन्, जसको प्रधानमन्त्री ओलीले रोस्टमबाट जवाफ दिनेछन् ।

यसै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । सभामुखले विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेपछि, अर्थमन्त्री पौडेलले विधेयक पारित गर्नेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार

सबै