टोखाबाट बरामद २५ करोड माओवादीको भएको प्रसाईँको दाबी

247 Shares

काठमाडौं – राजसंस्था पुनर्स्थापनाका अभियन्ता दुर्गा प्रसाईंले टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ माओवादीको भएको दाबी गरेका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले उक्त रकम ठूला नेताहरूको संलग्नतामा दिनहुँ तस्करी भइरहेको आरोप लगाए। उनले पछिल्लो पटक समातिएको पैसा माओवादीसँग सम्बन्धित तिब्बती नागरिकको भएको दाबी गर्दै भने, “हिजो पक्रिएको पैसा नेता र सुन तस्करको हो। त्यो माओवादीनिकट एकजना तिब्बतीसँग जाने पैसा हो।”

यसअघि, प्रहरीले करिब २५ करोड रुपैयाँबराबरको अवैध विदेशी मुद्रा बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलन गरेको थियो। उक्त रकम कसको हो र के प्रयोजनका लागि ल्याइँदै थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै