
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युक्रेन युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन केही सर्तसहित सहमत हुनुभएको छ।
यसअघि साउदी अरेबियामा ट्रम्पको टोलीले प्रस्ताव राख्दा रुसले विभिन्न सर्त राखेर अस्वीकार गरेको थियो। तर पछिल्लो पटक ट्रम्पसँगको टेलिफोन वार्तामा पुटिनले आफ्ना केही शर्त पूरा भए युद्धविराम स्वीकार गर्ने संकेत गर्नुभएको बीबीसीले जनाएको छ।
पुटिनले अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहायता र गुप्तचर सहयोग रोकिएन भने युद्धविराम सम्भव नहुने बताउनुभएको छ।
गत हप्ता अमेरिकी र युक्रेनी अधिकारीबीच भएको छलफलमा युक्रेनले ३० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेपछि ट्रम्पले रुसी पक्षसँग वार्ता अघि बढाउनुभएको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्धविराम गर्दै थप वार्ताका लागि सकारात्मक देखिनुभएको छ।
रुसले भने युक्रेनलाई दिइने सहयोग रोक्नुपर्ने विषय मुख्य प्राथमिकता रहेको भन्दै थप छलफल आवश्यक हुने बताएको छ।
युद्धविरामका लागि पुटिन र ट्रम्पले छिट्टै फेरि वार्ता गर्ने सहमति जनाएका छन्।