देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

60 Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक चैत १० गते आइतबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।

मंगलबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको कावा मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको क्रियाशील सदस्यता वितरण लगायत विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

सम्बन्धित समाचार

सबै