पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभा सम्पन्न

196 Shares

काठमाडौं । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको नवौं सभा सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरिएको छ। साथै, गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराउँदै आवश्यक सुधार गर्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड दिइएको छ।

बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र वरपरका सर्वसाधारणको स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन्। साथै, आगामी आर्थिक वर्ष लाग्नुअघि नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेलको उपस्थितिमा सम्पन्न बैठकमा प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीले प्रतिष्ठानमा भएका प्राज्ञिक, व्यवस्थापकीय तथा स्वास्थ्य सेवा क्षेत्रमा भएका प्रगतिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार

सबै