मधेश प्रदेश सरकार एसईई प्रक्रियाबाट अलग रहने

274 Shares

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियामा प्रदेश सरकार सहभागी नहुने घोषणा गर्नुभएको छ।

मुख्यमन्त्री सिंहले आज आयोजित पत्रकार सम्मेलनमा केन्द्राध्यक्ष चयन प्रक्रिया आफ्नो निर्देशनअनुसार नभएको आरोप लगाउँदै एसईई प्रक्रियाबाट अलग रहने निर्णय सार्वजनिक गर्नुभयो। उहाँले सङ्घ, प्रदेश र पालिकाबीचको सहकार्य सुदृढ हुने विश्वास व्यक्त गर्दै यस पटक मधेश प्रदेश सरकार परीक्षाको व्यवस्थापनमा संलग्न नहुने स्पष्ट गर्नुभयो।

मुख्यमन्त्री सिंहले मधेशका आठै जिल्लाका परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीहरूको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिनुभएको थियो। तर, सो प्रक्रिया नअपनाइएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ।

उहाँले केन्द्राध्यक्ष चयनमा प्रदेशको निर्देशनको उल्लङ्घन भएको भन्दै छानबिन गरी परीक्षा प्रणालीलाई मर्यादित बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ।

सम्बन्धित समाचार

सबै