आजदेखि पोखरा–छेन्दु नियमित उडान

235 Shares

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) पहिलो व्यावसायिक चाटर्ड उडान चीनको सिचुवान प्रान्तको छेन्दु हुँदै सुरु हुने भएको छ । पोखरेली जनसमुदायको लामो समयको माग र सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासपछि यो उडान सुरु गरिएको हो ।

सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् । पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटाले जानकारी दिएका अनुसार, सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरेको छ, र यसलाई नियमित उडानमा परिवर्तन गर्ने योजना छ ।

सिचुवान एयरलायन्सले चाटर्ड उडानको भाडा ६२,000 रुपैयाँ तय गरेको छ । पोखरा-छेन्दु उडानको नियमित सञ्चालनको लागि यसले भाडादर र उडान तालिका घोषणा गर्ने योजना बनाएको छ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानको पहललाई पोखरा पर्यटन परिषद, सिचुवान एअरलाईन्स, नेपालस्थित चिनियाँ राजदूतावास, र चाइनिज एशोसिएशनको सहयोगमा सफलता प्राप्त भएको छ ।

आगामी तीन महिनामा १,२५० चिनियाँ पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अनुमान गरिएको छ । पहिलो उडानका क्रममा सिचुवान प्रदेशको पर्यटन विकास सम्बन्धी कार्यक्रमहरू आयोजना गरिने छन् ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, र अन्य पर्यटन व्यवसायी र सञ्चारकर्मी पनि कार्यक्रममा सहभागी हुनेछन् ।

सम्बन्धित समाचार

सबै