लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने प्रयास असफल हुन्छ: एमाले

226 Shares

काठमाण्डौ – सत्तारूढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले हालै संविधान र लोकतान्त्रिक गणतन्त्रविरुद्ध सुनियोजित गतिविधिहरू भइरहेको बताउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो।

ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र नेपाली नागरिकको सात दशक लामो बलिदानी सङ्घर्षको परिणाम भएकाले यसलाई पछाडि फर्काउने प्रयास असफल हुने दाबी गर्नुभयो। साथै, उहाँले नेपालको लोकतान्त्रिक यात्राले छोटो समयमै महत्त्वपूर्ण प्रगति हासिल गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने, नकारात्मक प्रचार गर्ने र अलोकतान्त्रिक बाटोमा धकेल्ने प्रयास स्वीकार्य नहुने बताउनुभयो।

बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरता, सुशासन, सेवा प्रवाह सुधार, आर्थिक विकास तथा लोकतान्त्रिक प्रणाली थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै, लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको २८ जना नयाँ सदस्यको नाम अनुमोदन गरिएको एमालेले जनाएको छ।

सम्बन्धित समाचार

सबै