270
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिँदै आएको सुविधाबारे सरकार गम्भीर रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभामा बोल्दै उनले राज्य कोषमा अनावश्यक भार नपरोस् भन्ने सुनिश्चित गर्न सरकारले कानुनी आधार तयार पार्न लागेको जानकारी गराए।
उनका अनुसार पूर्व विशिष्टलाई दिइने सुविधासम्बन्धी मस्यौदा तयार भइसकेको छ तर कानुनी रूप लिन बाँकी छ। उनले भने, “सरकारले कुनै कानुन नबनाई सेवा सुविधा दिँदै आएको छ। त्यसैले अब कानुन निर्माण गरेर मात्र अघि बढ्नुपर्छ। यदि सुविधा नदिने हो भने पनि यही सदनले कानुनी रूपमा निर्णय गर्नुपर्छ। राज्य कोषमा अनावश्यक भार पर्ने गरी कुनै सुविधा दिइने छैन।”
गृहमन्त्री लेखकले सरकारले यस विषयमा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए।