अमेरिकाले २३८ भेनेजुएली कैदीलाई एल साल्भाडोर डिपोर्ट गर्‍यो

229 Shares

वासिङ्टन, चैत ४ – अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका २३८ भेनेजुएली कैदीहरूलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ।

भेनेजुएलाको कुख्यात आपराधिक गिरोह ट्रेन डे अरागुआका सदस्य रहेको आरोप लागेका ती कैदीहरूलाई सार्न अदालतले रोक लगाए पनि अमेरिका सरकारले देश निकाला गरेको बीबीसीले जनाएको छ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमार्फत अमेरिकी विमानबाट ती कैदीहरू आइपुगेको पुष्टि गरेका छन्। तर, अमेरिकी सरकार र एल साल्भाडोर सरकारले उनीहरूको पहिचान खुलाएको छैन।

ट्रम्प प्रशासनले उनीहरूको देश निकाला जायज नभएको भन्दै सङ्घीय अदालतले रोक लगाएको भए पनि कैदीहरू बोकेका उडानहरू पहिले नै प्रस्थान गरिसकेको जनाइएको छ।

ह्वाइट हाउसका अनुसार यी गिरोहका सदस्यहरूले अमेरिकी नागरिकलाई जोखिममा पार्ने काम गरे पनि अहिले खतरा हटिसकेको बताइएको छ। शनिबार, पूर्व राष्ट्रपति ट्रम्पले ट्रेन डे अरागुआ गिरोहलाई अमेरिका विरुद्ध अनियमित युद्ध सञ्चालन गरिरहेको आरोप लगाउँदै तिनलाई देश निकाला गर्ने घोषणा गरेका थिए।

सम्बन्धित समाचार

सबै