229
Shares
काठमाडौं । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुने जानकारी संघीय संसद सचिवालयले दिएको छ।
बैठकको कार्यसूचीमा व्यवस्थापनसम्बन्धी मुद्दा राखिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै, मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तालिका रहेको छ।
साथै, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद सचिवालयले जानकारी दिएको छ।