प्रतिनिधिसभाको चैत १५ गतेसम्मको बैठक तालिका सार्वजनिक

211 Shares

काठमाडौँ – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको चैत १५ गतेसम्म बस्ने बैठकहरूको तालिका तयार गरेको छ। कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार आज चैत ३, भोलि ४, त्यसपछि ६, ७, १३, १४ र १५ गते गरी सात दिन बैठक बस्नेछ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि छलफल प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८१’ पनि बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ।

सम्बन्धित समाचार

सबै