काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारका लागि आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जनाएको छ।
प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती हुनेछ। कन्डक्टर अपग्रेडिङ कार्यका लागि उक्त फिडर सटडाउन गरिनेछ। सोही वितरण केन्द्रअन्तर्गत पर्ने सतुङ्गल फिडरको कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका क्षेत्रमा पनि सोही समयमा विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यसैगरी, जोरपाटी वितरण केन्द्रअन्तर्गत डाँछी फिडरका माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म लाइन काटिनेछ। मुलपानी पिपलबोट क्षेत्रमा तार तान्ने कार्यका लागि पनि सोही समयमा विद्युत् कटौती गरिनेछ।
मुलपानी फिडरअन्तर्गत मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि विद्युत् आपूर्ति बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म अवरुद्ध हुनेछ।
साँखु फिडरअन्तर्गत नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौवा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायत स्थानमा पनि आज विद्युत् कटौती हुने जनाइएको छ।
प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आउने जनाएको छ। साथै, विद्युत् कटौतीले ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ।