डा. बाबुराम भट्टराईको समाजवादी मोर्चामाथि कटाक्ष: ‘जनता ठग्ने चाल’

168 Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी मोर्चामाथि कटाक्ष गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चालाई उनले ‘जनता ठग्ने चाल’ भन्दै आलोचना गरेका हुन् ।

‘कि ‘कम्युनिष्ट’ भनेर कार्यकर्तालाई ठग्ने, अनि ‘समाजवादी’ भनेर जनतालाई ठग्ने दोहोरो चाल हो ? यसरी दुईवटा डुङ्गामा खुट्टा राखेर कता पुगिएला ?’ उनले शुक्रबार साँझ फेसबुकमा लेखेका छन् ।

उनका अनुसार केही पुराना कम्युनिष्ट घटकहरू मौसमी रूपमा एक ठाउँमा उभिएर ‘समाजवादी मोर्चा’ को नाम लिँदै आएका छन् । ‘यदि यो कम्युनिष्टहरूको मात्र मोर्चा हो भने ‘कम्युनिष्ट मोर्चा’ भन्नु उचित हुन्थ्यो । तर ‘कम्युनिष्ट’ भन्न लाज लागेर ‘समाजवादी’ भन्नुपरेको हो भने पार्टीको नाम नै ‘समाजवादी’ राखे भइहाल्थ्यो !’ उनले टिप्पणी गरेका छन् ।

यो वैचारिक र नैतिक विचलन भएको भन्दै भट्टराईले विगतका कम्युनिष्ट आन्दोलनका अनुभव र नयाँ युगको आवश्यकताअनुसार उत्तर–पुँजीवादी तथा उत्तर–साम्यवादी वैचारिक–राजनीतिक विकल्प खोज्नुपर्ने धारणा राखेका छन् ।

सम्बन्धित समाचार

सबै