मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ‘महामूर्ख’ उपाधि

67 Shares

धनुषा – यस वर्षको ‘महामूर्ख’ उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा आयोजित ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन जनकपुरधाममा उक्त घोषणा गरिएको हो।

रङ र खुसीको पर्व होलीको अवसरमा मिनापले हरेक वर्ष हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरू सहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ। मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिकका अनुसार यो कार्यक्रम मिथिलाको कला, संस्कृतिको संरक्षण तथा होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा, र मैथिली भाषामा गाइने जोगिरा गीतको प्रवर्द्धन गर्न आयोजना गरिन्छ।

‘महामूर्ख’ उपाधि वितरणको परम्परा विसं २०६१ बाट शुरू भएको हो। अघिल्ला वर्षहरूमा मैथिली कवि नरेश ठाकुर, नेता शीतल झा, साहित्यकार डा. राजेन्द्र विमल, राजनीतिक विश्लेषक सिके लाल, नेपाली कांग्रेस नेता रामसरोज यादव लगायतलाई यो उपाधि प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

सबै