नेपाललाई हङकङको १०५ रनको लक्ष्य

249 Shares

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनायो। हङकङकी शानजीन शाहजादले ५४ रनको योगदान दिइन्। नेपालका लागि राजमैती ऐरीले ३ तथा कप्तान इन्दु बर्माले २ विकेट लिए।

नेपालले प्रतियोगितामा खेलेका पाँचमध्ये चार खेलमा हार बेहोरेको छ। हिजो नेपाल युगान्डासँग ४० रनले पराजित भएको थियो, भने पहिलो भेटमा युगान्डालाई एक विकेटले हराएको थियो। नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको छ।

अंक तालिकाको अन्तिम स्थानमा रहेको नेपालले फाइनल पुग्न अबको खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। लिग चरणपछि शीर्ष दुई टोलीले चैत ३ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित समाचार

सबै