नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्ने

229 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्ने भएको छ। यस सम्बन्धमा पार्टीले शुक्रबार काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।

एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार सम्मेलनमा राजावादीहरू सक्रिय हुन थालेको कारण र त्यसमा जनताको उपस्थिति देखिनुको समीक्षात्मक विश्लेषण गरिनेछ। साथै, यस विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्दै विशेष कार्यक्रम घोषणा गरिनेछ।

गत फागुन २५ गते राजावादी शक्तिहरूले शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरेका थिए। हजारौँको संख्यामा सहभागी नाराबाजीले लोकतन्त्रवादी शक्तिहरूको ध्यान तानेको छ। एकीकृत समाजवादीले यस विषयलाई गम्भीर रूपमा लिँदै आवश्यक कदम चाल्न लागेको जनाएको छ।

सम्बन्धित समाचार

सबै