प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना व्यक्त

273 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वसन्तोत्सव तथा मदनोत्सवका रूपमा समेत मनाइने यो पर्व हर्ष र उमङ्गको प्रतीक भएको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने परम्परा रहेको उल्लेख गर्दै वसन्त ऋतुको आगमनसँगै प्रकृतिको पुनर्जागरण हुने धारणा राखेका छन्। उनले शिशिरपछि वसन्त ऋतुमा फूलहरू फुल्ने, चराचुरुंगीको चिरबिर आवाजले वातावरण उल्लासमय बनाउने उल्लेख गरेका छन्।

‘फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ। हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनको देवता मानिएको छ। यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावका हुने विश्वास गरिन्छ,’ फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना! ह्याप्पी होली!’

सम्बन्धित समाचार

सबै