सर्वोच्चले प्रधानमन्त्री ओलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज

258 Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ।

न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो।

२०७७ माघ १३ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीले तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै अवहेलनाको निवेदन दायर गरेका थिए।

यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। आदेशअनुसार २०७७ फागुन ६ गते उनले सर्वोच्चमा उपस्थित भई लिखित जवाफ पेश गरेका थिए।

सम्बन्धित समाचार

सबै