मन्त्री गुरुङ : वीरेन्द्र र दीपेन्द्रको निधनसँगै राजतन्त्र सकिएको थियो

56 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएसँगै राजतन्त्र अन्त्य भइसकेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित हुलाक टिकट प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले ज्ञानेन्द्रलाई राजा बनाउनु नेपाली नेताहरूको ठूलो गल्ती भएको टिप्पणी गरे।

‘भइरहेको राजालाई दरबारबाटै मारियो, त्यसपछि हुने युवराज पनि मारियो। राजतन्त्र त्यही दिन सकिएको थियो। जनताले होइन, दरबार आफैंले राजतन्त्र समाप्त गर्‍यो,’ उनले भने। ज्ञानेन्द्रलाई राजा बनाउनु ‘सर्पको बच्चा पाल्नु जस्तै’ भएको उनको टिप्पणी छ।

उनले गणतन्त्र स्थापनापछि राजतन्त्रको वकालत गर्नु ‘बिजुलीको साटो अगुल्टो खोजे सरह’ भएको बताए। साथै, राष्ट्रवादीको नाममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो ल्याउनेहरू राष्ट्रवादी हुन नसक्ने प्रश्न समेत उठाए।

सम्बन्धित समाचार

सबै