वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल हङकङसँग २ रनले पराजित

67 Shares

काठमाण्डौ – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल हङकङसँग २ रनले पराजित भएको छ।

हिजो सम्पन्न तेस्रो खेलमा जीतका लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् भने पूजा महतोले १९ र बिन्दु रावलले १४ रन जोडे। हङकङकी मारिको हिलले २ विकेट लिइन्।

यसअघि युगान्डाको एन्टेबे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा १०० रन बनाएको थियो। कप्तान नताशा माइल्सले ३५, मारिको हिलले २१ र क्यारी चानले १२ रनको योगदान दिए।

नेपालका इन्दु बर्मा र इश्वरी विष्टले समान २/२ विकेट लिए भने पूजा महतो र रचनाकुमारी चौधरीले १/१ विकेट हात पारे।

यसअघि नेपालले पहिलो खेलमा नामिबियासँग पराजय भोगेको थियो भने दोस्रो खेलमा युगाण्डालाई पराजित गरेको थियो।

चार राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल चैत ३ गते हुनेछ।

सम्बन्धित समाचार

सबै