प्रचण्ड : राजावादी प्रदर्शनबाट विचलित छैन

43 Shares

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन्।

सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदर्शनले कुनै असर नपारेको दाबी गरे। सञ्चारकर्मीहरूले प्रदर्शनले प्रभाव पार्‍यो कि भनेर सोध्दा उनले भने, “यो प्रदर्शनले केही हल्लाएको छैन। केको डराउनु?”

प्रचण्डले जनताका लागि काम गर्न नसक्दा सरकारप्रति निराशा बढेको बताए। उनले सरकारले जनताको अपेक्षा पूरा गर्न नसक्दा प्रतिक्रियावादी शक्तिहरूले त्यसको फाइदा उठाएको धारणा राखे।

राजावादी प्रदर्शनको काउन्टरमा जानेबारे सोधिएको प्रश्नमा उनले पार्टीभित्र छलफल भइरहेको जानकारी दिए। उनले भने, “सरकारले जनताको समस्या समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ, तर हाल सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्तिमा केन्द्रित भएकाले जनतामा ठूलो निराशा देखिन्छ।”

उनले सरकार अझै नागरिकप्रति उत्तरदायी नभएको र त्यसकै फाइदा राजावादी तथा प्रतिक्रियावादी शक्तिहरूले उठाइरहेको जिकिर गरे।

सम्बन्धित समाचार

सबै