राजावादी प्रदर्शनप्रति देउवाको प्रतिक्रिया – “आत्तिनु पर्ने अवस्था छैन”

232 Shares

धनगढी — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार काठमाडौंमा भएको राजावादी प्रदर्शनलाई कुनै गम्भीर विषय नभएको बताएका छन्। सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यसले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको भन्ने प्रश्नमा देउवाले यस्तो कुनै आधार नरहेको बताए। उनले भने, “कहाँ अद्भुत भएको छ? केही भएकै छैन। कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन।”

उनले वर्तमान सरकार सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै दुई ठूला दल सरकारमा रहेकोले कुनै समस्या नभएको दाबी गरे। देउवाले भने, “सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ।”

देउवा कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलन उद्घाटनका लागि धनगढी पुगेका हुन्।

सम्बन्धित समाचार

सबै