वुमेन्स टी–२० कप : नेपाललाई हङकङले १०१ रनको लक्ष्य दियो

45 Shares

काठमाडौं । युगाण्डामा जारी वुमेन्स टी–२० कपमा हङकङले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले हङकङलाई ७ विकेटको क्षतिमा १०० रनमै सीमित गरेको हो।

हङकङका लागि नतासा माइल्सले सर्वाधिक ३५ रन जोडिन् भने मारिको हिल्सले २१ रनको योगदान दिइन्। नेपालकी कप्तान इन्दु बर्माले १५ रन खर्चेर २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्। उनले १९औं ओभरमा मेडन राख्दै दुई विकेट लिएकी थिइन्।

नेपालका लागि इश्वरी विष्टले पनि २ विकेट हात पारिन् भने पूजा महतो र रचना चौधरीले समान १/१ विकेट लिए।

जारी सिरिजमा युगाण्डा, नेपाल, नामिबिया र हङकङ प्रतिस्पर्धामा छन्। सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन्। लिग चरणको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।

हाल नेपाल २ अंकका साथ दोस्रो स्थानमा रहेको छ, भने समान अंक भए पनि रनरेटका कारण हङकङ चौथो स्थानमा रहेको छ।

सम्बन्धित समाचार

सबै