
काठमाडौं । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरोधी शक्तिहरूको चलखेलविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ। सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राजावादी र प्रतिगमनकारी शक्तिहरू गणतन्त्रविरुद्ध सक्रिय भएको भन्दै त्यसको विरोध गर्न सबैलाई एकजुट हुन अपील गरेको हो।
बैठकले जनताको संघर्ष र संविधानसभाबाट स्थापित गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र नै हुने बताउँदै, पार्टीले आफ्ना कार्यशैलीको आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने बैठकको निष्कर्ष रहेको उनले बताए।
यस्तै, बैठकले आगामी चैत १ गते पत्रकार सम्मेलन आयोजना गरी गणतन्त्र, संविधानको रक्षा तथा रोजगारी र सुशासनका लागि पार्टीले तय गरेको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ। ज्वालाले राजसंस्थाको पुनरुत्थान असम्भव रहेको बताउँदै परिवर्तनविरोधी कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।
अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्र र संघीय गणतन्त्रमाथि कुनै आघात सह्य नहुने बताए। उनले सरकारलाई संविधानको रक्षा गर्न गम्भीर बन्न आग्रह गर्दै जनताको बलिदानबाट प्राप्त व्यवस्था