159
Shares
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज (सोमबार) बस्ने भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो । पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियता बढेकाले कसरी सामना गरेर जाने भन्ने विषयमा मोर्चाको बैठक छलफल हुनेछ ।
माओवादीले राजावादीहरूको आइतबारको कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर पनि प्रदर्शन हुनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा रहेका छन् । यस अगाडिको बैठकमा समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको थियो ।