भारतले आईसीसी च्याम्पियन्स ट्रफी जित्यो, २०१३ पछि दोस्रो पटक उपाधि

81 Shares

काठमाडौं : भारतले सन् २०१३ पछि दोस्रो पटक आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले च्याम्पियन्स ट्रफी आफ्नो नाम गरेको हो।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो। २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ औं ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुर्यायो।

न्युजिल्यान्डको ब्याटिङतर्फ रचिन रवीन्द्र र विल योङले ५७ रनको ओपनिङ साझेदारी गरे। वरुण चक्रवर्तीले यो साझेदारी तोडेपछि रचिनलाई जीवनदान दिइएको थियो, तर कुलदीप यादवले उनलाई ३७ रनमा आउट गरे। केन विलियम्सन ११ रनमा आउट भए। ड्यारिल मिचेलले ६३ रन बनाउँदै लामो पारी खेले। अन्तिममा मिचेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेर न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक स्थितिमा पुर्याए।

भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिए।

भारतको जवाफी ब्याटिङमा शुभमन गिल र रोहित शर्माले १०५ रनको शतकीय साझेदारी गरेका थिए। गिल ३१ रनमा आउट भए, र विराट कोहली एक रनमै पवेलियन फर्के। रोहितले ७६ रनको महत्वपूर्ण पारी खेलेपछि रचिन रवीन्द्रले उनलाई आउट गरे।

भारतका श्रेयस ऐयरले ४८ रन, अक्षर पटेलले २९ रन, र केएल राहुलले ३४ रन बनाउँदै टीमलाई जितको नजिक पुर्याए। अन्तिममा राहुल र रवीन्द्र जडेजा क्रिजमा रहँदा भारतले लक्ष्य पुर्यायो।

न्युजिल्यान्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले २-२ विकेट लिए भने रचिन रवीन्द्र र कायल जेमसनले १-१ विकेट लिए।

सम्बन्धित समाचार

सबै