मधेस प्रदेशमा योजना खरिद विक्रीबारे काँग्रेसको चासो, आवश्यक कदम चाल्ने – सभापति यादव

249 Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारको योजना खरिद विक्री भइरहेको बारे सत्तारुढ नेपाली काँग्रेसले चासो देखाएको छ । मन्त्रीले नै योजना खरिद विक्रीमा संलग्न रहेको समाचार बाहिरिएपछि नेपाली काँग्रेसले सो विषयमा चासो देखाउदै आवश्यक कदम चाल्ने चेतावनी दिएको हो ।

नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले विज्ञप्ती जारी गर्दै योजना खरिद विक्री भइरहेको विषयमा आइरहेको समाचारको विषयमा ध्यानाकर्षण भएको जनाएका छन् । उनले योजना खरिदविक्री जस्ता क्रियाकलापको साक्षी भएर बसिरहन बाध्य नरही नेपाली काँग्रेस सम्बन्धित पक्षसँग उचित छलफल गरी निर्णय लिने चेतावनी समेत दिएका छन् ।

‘यतिबेला विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेका समाचारमा के कति सत्यता छ भन्ने विषयमा एक जिम्मेवार दलको हैसियतले मेरो ध्यान केन्द्रीत भएको छ’, उनले विज्ञप्तीमा भनेका छन्, ‘ती समाचारहरुले गरेको संकेत सही हो भने यस्ता गतिविधिहरुमा नेपाली काँग्रेस कुनै पनि रुपमा संलग्न नरहेको रहेको स्पष्ट पार्न चाहन्छु ।’

सरकारी बजेटको दुरुपयोग भइरहेको अवस्था छ भने अत्यन्तै गम्भिर भएर यस्ता विषयमा चासो लिन र तत्काल सुधारका लागि आवश्यक कदम चाल्न सत्ता गठबन्धन दलको हैसियतले काँग्रेसको तर्फबाट उनले सरकारलाई सचेत गराएका छन् ।

सम्बन्धित समाचार

सबै