प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको पूर्वाधार विकासमा प्रतिबद्धता जनाए

84 Shares

कञ्चनपुर । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा विशेष सभामा बोल्दै उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउने कुरा आफूले पहिलेदेखि उठाउँदै आएको र यसका लागि ढुक्क रहन आग्रह गरे। उनले भने, “नेपालमा अहिले कुनै पनि क्षेत्रीय मेडिकल विश्वविद्यालय छैन, अब यो यहाँ बन्नेछ।”

प्रधानमन्त्री ओलीले डडेल्धुराको पर्शुराम क्षेत्र र सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरे। उनले सुक्खा बन्दरगाह निर्माणका लागि भारत सरकारसँग छलफल भइरहेको जानकारी पनि दिए।

समारोहमा ३७२ विद्यार्थीलाई स्नातक र स्नातकोत्तर उपाधि प्रदान गरियो। इनोवेशन, कृषि विज्ञान, मानविकी, व्यवस्थापन, इञ्जिनियरिङ र समाजशास्त्रमा विभिन्न विषयका विद्यार्थीहरूले उपाधि प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

सबै