आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा लामो संघर्षपछि राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै अहिले तथाकथित प्रतिगामी शक्तिहरू पुनः राजसंस्था पुनर्स्थापनाको प्रयासमा लागेको प्रति असन्तुष्टि व्यक्त गरे।
सांसद शर्माले भने, “नेपालमा अढाइ सय वर्षदेखि जरा गाडेर बसेको निरंकुश राजतन्त्रलाई हामीले कठिन संघर्षपछि अन्त्य गरेका हौं। तर, अहिले तिनैले राजा फर्काउने नाटक मञ्चन गरिरहेका छन्, जसले राजाको वंश विनाश गरेका थिए।”
उनले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध भइरहेका गतिविधिहरू नियन्त्रण गर्न सरकार किन असफल भैरहेको भन्दै प्रश्न उठाए। साथै, सरकार राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा कमजोर देखिएको टिप्पणी गरे।