अमेरिकी सहायतामा रोक, एमसीसी र यूएसएआईडी परियोजना अन्योलमा

217 Shares

काठमाण्डौ – अमेरिकी सरकारद्वारा ९० दिनका लागि एमसीसी र यूएसएआईडी परियोजनाको बजेट रोकिएपछि नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरु अन्योलग्रस्त बनेका छन्।

एमसीसीमार्फत नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान प्रदान गरिने योजना थियो भने नेपाल सरकारले पनि १३ करोड अमेरिकी डलर विनियोजन गर्नुपर्ने व्यवस्था थियो। तर, अनुदान रोकिएपछि ऊर्जा र सडक पूर्वाधारका महत्त्वपूर्ण कामहरू ठप्प भएका छन्।

पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङको शिवखोलासम्मको १०० किलोमिटर सडक स्तरोन्नति तत्कालका लागि अघि बढ्न नसक्ने भएको छ। त्यस्तै, यूएसएआईडीमार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, र समावेशी नीतिसम्बन्धी ठूला परियोजनाहरुमा भइरहेको सहायता पनि रोकिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेश मन्त्रालय र यूएसएआईडीमार्फत प्रवाह गरिने सबै विदेशी सहायता ९० दिनका लागि स्थगित गरेपछि नेपालका परियोजनाहरू ठप्प परेका छन्।

नेपाल सरकारले वैकल्पिक स्रोत खोज्ने कुनै ठोस पहल गरेको छैन। अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीका अनुसार अहिले पर्ख र हेरको अवस्था रहेको छ। यद्यपि, परियोजनाहरू अघि बढाउन आन्तरिक छलफल भने जारी छ।

सम्बन्धित समाचार

सबै