रवि लामिछाने तारिख बुझ्न पोखरा पुगे, भोलि रुपन्देही जाने

79 Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्न आइतबार पोखरा पुगेका छन्। ८४ दिन हिरासतमा बसेपछि उनी कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

लामिछाने आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने छन्। त्यसपछि उनी सिधै रुपन्देही जानेछन्, जहाँ भोलि जिल्ला अदालतमा तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो भने रुपन्देहीमा १ करोड धरौटी बुझाएर छुटेका थिए। काठमाडौं र चितवन अदालतबाट पनि धरौटीमा रिहा भएका लामिछानेविरुद्ध पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन।

4o

सम्बन्धित समाचार

सबै