185
Shares
सुर्खेत – गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने स्पष्ट गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नहौसिन आग्रह गरेका छन्।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्थालाई पुनःस्थापित गर्न नसकिने बताए। गृहमन्त्री लेखकका अनुसार लोकतन्त्रको सुन्दरता नै पूर्वराजाले नेपालमै बसेर स्वतन्त्रता उपभोग गर्न पाउनु हो, तर यसलाई कमजोरीका रूपमा नलिन चेतावनी दिए।
‘केही मानिसहरू गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर भ्रम फैलाइरहेका छन्। तर, राजा अनावश्यक रूपमा हौसिनु आवश्यक छैन,’ उनले भने।
उनले नेपालको लोकतन्त्र संयमित, उदार र सहिष्णु रहेको भन्दै लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिने कुनै पनि प्रयास सफल नहुने दाबी गरे।