पूर्वराजा शाहको स्वागत र्‍यालीमा राप्रपा अध्यक्ष लिङ्देन सहभागी नहुने

222 Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न आयोजना गरिने र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन्। पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको जनाएको छ।

शाहीले अध्यक्ष लिङ्देन र्‍यालीमा नआउने पुष्टि गर्दै, आफू र प्रवक्तालाई कार्यक्रम अगाडि बढाउने जिम्मेवारी दिइएको बताए। प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे जानकारी नभएको बताए।

पूर्वराजाका समर्थकहरू गौशाला र तीनकुने क्षेत्रमा भेला भई, सिनामंगलस्थित विमानस्थल गेटमा पुगेर शाहलाई स्वागत गर्नेछन्। त्यहाँबाट र्‍यालीसहित निर्मल निवाससम्म पूर्वराजासँगै जाने कार्यक्रम रहेको छ।

पूर्वराजा शाह एक साताको पोखरा बसाइपछि आज दिउँसो काठमाडौं फर्किंदै छन्। शाहको स्वागतमा राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ–संस्थाले र्‍याली निकाल्ने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ। भिड अनियन्त्रित हुन नदिन सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ।

4o

सम्बन्धित समाचार

सबै