वुमन्स डे कप : पहिलाे खेलमा नेपाल नामिबियासँग पराजित

264 Shares

काठमाडौं – वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटको हार बेहोरेको छ।

हिजो बेलुका भएको खेलमा नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि डकवर्थ लुइस (डीएलएस) नियमअनुसार नामिबियाले १५ ओभरमा ७१ रनको लक्ष्य पायो, जुन उसले १ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो। नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाइन्। नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन् भने ईश्वरी विष्ट १७ रनमा नटआउट रहिन्। कविता जोशीले १६, पूजा महतोले १३ रन बनाइन्। नामिबियाकी विल्का मति र मेकेलाए मति ले ३/३ विकेट लिए।

शृङ्खलाको अर्को खेलमा घरेलु टोली युगान्डाले हङकङलाई ८ विकेटले हराएको छ।

सम्बन्धित समाचार

सबै