दक्षिण अफ्रिकामा क्लाउड र एआई पूर्वाधार विस्तार गर्दै माइक्रोसफ्ट

243 Shares

माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार विस्तार गर्न २९ करोड ६७ लाख अमेरिकी डलरभन्दा धेरै लगानी गर्ने घोषणा गरेको छ।

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा उक्त लगानी घोषणा गरेका हुन्। सो अवसरमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित थिए।

स्मिथका अनुसार जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज–स्केल डाटा सेन्टर स्थापना गर्न कम्पनीले बितेका तीन वर्षमा २० बिलियन रेन्ड लगानी गरिसकेको छ।

सम्बन्धित समाचार

सबै