लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनुपर्ने गुरुङको भनाइ

248 Shares

सिरहा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनताको विश्वास मजबुत बनाउन सबै राजनीतिक दलको दायित्व रहेको बताएका छन् ।

लहानमा आज आयोजित पत्रकार भेटघाटमा उनले जनतालाई लोकतान्त्रिक प्रणालीप्रति आशावादी बनाउन नसक्दा केही राजावादी तत्वहरूले वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने प्रयास गरिरहेको टिप्पणी गरे ।

‘नेपाली जनताले लामो संघर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्,’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनतामा विश्वास पैदा गरी यो व्यवस्थालाई अझ बलियो बनाउनु आवश्यक छ ।’

महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियान’ का कारण मधेसका जनतामा सचेतना वृद्धि भएको दाबी पनि गरे ।

सम्बन्धित समाचार

सबै