प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको दुर्गा प्रसाईको दाबी

221 Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि गम्भीर आरोप लगाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा प्रसाईले प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेर राखेको आरोप लगाएका हुन् ।

प्रचण्डले तराई–मधेश जागरण अभियानका क्रममा राजालाई जनताले फालेका र फेरि पनि टाउको उठाउन खोजे जनताले नै फाल्ने टिप्पणी गरेका थिए । यसकै जवाफस्वरू प्रसाईले प्रचण्डलाई आरोप लगाए । उनले भने, ‘म आफैंले २० वर्ष सहयोग गरेको हो नि प्रचण्डलाई । हामीले डडाल्नामा प्रेसर कुकर बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे ? स्वीटरजल्याण्डमा घर किन्थे ? प्रधानमन्त्री हुन्थे ?’।

पत्रकार सम्मेलन भरी विभिन्न नेता, पत्रकार र लेखकहरुको कडा आलोचना गरेका प्रसाईंले फागुन २५ गते काठमाडौं ठप्प बनाएर पूर्व राजाको स्वागत गरिने बताएका छन् ।

सम्बन्धित समाचार

सबै