सांसद तोसिमा कार्कीको प्रश्न : ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?’

87 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सिनियर भएर पनि सङ्गीता कौशल मित्रलाई सचिव पदमा नियुक्त नगरिएको विषयमा प्रश्न उठाइन्।

“पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?” भन्दै उनले सरकारको निर्णयप्रति आपत्ति जनाइन्। साथै, महिलालाई केवल सङ्ख्या पुर्याउनमात्र सांसद बनाउने गरिएको आरोप पनि उनले लगाइन्।

सम्बन्धित समाचार

सबै