भीपीएन प्रयोग गरी मोबाइल तथा इन्टरनेट बैंकिङ गर्न नपाइने

72 Shares

काठमाडौँ – नेपाल राष्ट्र बैंकले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ सञ्चालन गर्न रोक लगाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ग्राहकले भीपीएन प्रयोग गरे–नगरेको पहिचान गरी आधिकारिक भीपीएन नभए ‘लगइन’ अवरुद्ध गर्न निर्देशन दिएको छ।

त्यस्तै, भुक्तानी सेवाप्रदायकहरूले प्रत्येक दुई वर्षमा डेटा सेन्टरको जोखिम मूल्यांकन गरी डिजास्टर ड्रिल परीक्षण गर्नुपर्ने र यसको प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

सूचना प्रविधि विभागबाट सूचीकृत संस्थासँग मात्र डेटा सेन्टर राख्न पाइने नियम लागू गरिएको छ।

इन्टरनेटविनाको ‘युएसएसडी बेस्ड पेमेन्ट सिस्टम’ सेवामा दैनिक अधिकतम कारोबार सीमा १० हजार रूपैयाँ तोकिएको छ भने एक पटकको सीमा पाँच हजार रूपैयाँ छ।

राष्ट्र बैंकले एउटै खाताबाट एउटै प्रकारका (डेबिट, क्रेडिट वा प्रिपेड) एकभन्दा बढी कार्ड जारी गर्न नपाइने नियम पनि लागू गरेको छ।

यसैबीच, भुक्तानी सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा शुल्क, कारोबार सीमा, ब्याजदर तथा सुविधासम्बन्धी जानकारी अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था हटाइएको छ।

सम्बन्धित समाचार

सबै