अर्थमन्त्री पौडेलले संघीय महत्वका आयोजना मात्र संघले गर्नेमा ध्यान दिन आग्रह

66 Shares

काठमाडौं — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण गर्दा संघीय महत्वका आयोजना मात्र संघले गर्ने र अन्य आयोजना प्रदेश र स्थानीय तहलाई जिम्मा दिनेमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले संघीयतामा प्रदेश र स्थानीय तहको जिम्मेवारीलाई प्राथमिकता दिने बताएका छन्। उनले ठूला आयोजना संघीय सरकारबाट मात्र गर्न जरुरी नरहेको र प्रदेश र स्थानीय तहमा अधिकार हस्तान्तरण गरेर मात्रै संघीयता बलियो बनाइने धारणा राखे।

अर्थमन्त्री पौडेलले तयारी अवस्थामा रहेका आयोजनाको कार्यान्वयन र भविष्यका आवश्यक आयोजना तयार गर्न पनि ध्यान दिन अनुरोध गरे। यसैगरी, उनले आगामी बजेटको तयारीमा सबै पक्षसँग परामर्श गरी देश र जनताको आवश्यकताअनुसार नयाँ बजेट ल्याउने बताउनुभयो।

सम्बन्धित समाचार

सबै