241
Shares
काठमाडौं । राष्ट्रियसभाले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐनका केही संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरेको छ। बिहीबारको बैठकमा बहुमतले यो अध्यादेश स्वीकृत भएको हो।
अध्यादेशमाथि राखिएको अस्वीकारको सूचना अस्वीकार भएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वीकृतको प्रस्ताव राखेका थिए। यो अध्यादेश बुधबार प्रतिनिधि सभाबाट पनि स्वीकृत भएको थियो।
आजको राष्ट्रिय सभा बैठकमा अन्य चार अध्यादेश पनि निर्णयार्थ पेस गरिनेछ।